October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरमा शिक्षकहरूले तलब नपाएको भन्दै अल्टिमेटम सहित बुझाए ज्ञापनपत्र

मधेश खबर ,राैतहट,११ गते असाेज
राैतहटकाे फतुवा बिजयपुरमा शिक्षकहरूले दशैंकाे मुखमा तलब नपाएको भन्दै आक्राेशित बनेका छन् । साे नगरपालिकाभित्रका शिक्षकहरूले साउन महिनादेखि तलब पाएका छैनन् ।
तलब पाउने छाँटकाठ नपाएपछि शिक्षक संगठनका नगर उपाध्यक्ष राधेश्याम यादवकाे नेतृत्वमा नगरपालिकाकाे कार्यालयमा पुगेका उनीहरूले तलब समयमै उपलब्ध गराइ दिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव समक्ष ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनकाे नाममा लेखिएको ज्ञापनपत्रमा साेमबार सम्म आफूहरूकाे तलबकाे बारेमा कुनै निर्णय नभए नगरप्रमुख र शिक्षा प्रमुखकाे कार्यकक्षमा ताल्चा लगाउने चेतावनीसमेत दिईएकाे छ । उक्त कार्य बाट हुने असुविधाकाे सम्पूर्ण जिम्मेवारी कार्यवाह नगर प्रमुख खातुनले लिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,शिक्षिका, बिधालय कर्मचारी,बाल विकास सहजकर्ता एवम् बिधालय सहयोगीहरूलाई प्रथम चौमासिककाे शिक्षकहरूले तलब पाउन नसकेका हुन् ।आफूहरूले दशैं जस्तो महानपर्व बेला पनि तलब नपाएपछि मारमा परेको बताए । चार महिनादेखि तलब नपाउँदा समस्या आएको र भाेकाे पेट पठनपाठन गराउन मुश्किल परेको उनीहरूले बताएका छन् । आफूहरूले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन धाैधाै परेको बताए ।
साे अवसरमा श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यादव,श्री सरस्वती प्राविका प्रधानाध्यापक सुबाेध यादव लगायत सबै बिधालय प्रधानाध्यापक,शिक्षकहरूकाे सहभागीता रहेको थियाे ।