September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एक हप्तामा तीन सय जनालाई देखियो डेंगी

पछिल्लो एक सातामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो।

योसँगै देशभर डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।

कात्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि डेंगीको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ। सेतोपाटी संवाददाता