July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको अध्यक्षमा अनिल निधि लाई सर्वसम्मतले चयन

 

मधेश खबर राैतहट,चैत २६ गते
नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको अध्यक्षमा अनिल कुमार निधि चयन भएका छन् । रौतहट संगठनको जिल्ला अधिवेशन बाट उनलाई अध्यक्षमा चुनेको हाे । अध्यक्ष निधि देवाही गाेनाही नगरपालिकाकाे उचिडिहका निवासी हुन् । श्री आधारभूत बिधालय जमुनियाकाे प्रधानाध्यापक र कटहरिया नगरपालिकाकाे शिक्षा संयाेजक समेत रहेका छन् ।
संगठनकाे अधिवेशनको उदघाटनसत्र शुक्रबार मध्य राैतहटकाे गरुडामा भएको थियो । आज शनिबार बन्दसत्र जिल्लाकाे श्री सुबलाल भागवत माध्यमिक बिधालय सन्तपुरमा सम्पन्न भएको छ ।
साे संगठनकाे उपाध्यक्षमा रिता अधिकारी,सिताराम पटेल सचिव संजय साह, कोषाध्यक्ष राकेश कुमार शर्मा सह सचिव हिरा सापकोटा ,सह कोषाध्यक्ष रेनु हुमागाई लगायत ३९ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथीकाे रूपमा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य मणिशंकर लाल निधि रह्नु भएको थियाे । अधिवेशन बाट योगेन्द्र कुश्वाहा,बिरेन्द्र साह र राधिका सापकोटा लाई केन्द्रिय प्रतिनिधि चयन गरिएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नव नियुक्त अध्यक्ष अनिल निधीले माध्यमिक शिक्षा परिक्षाको केन्द्र निर्धारण गर्दा जिल्ला शिक्षा समन्वय ईकाईले मापदण्ड न अपनाएको भन्दै विराेध गर्नु भएको थियाे । साथै उनले आउँदो बैशाख ९ गते देखि हुन लागेको एसईई परिक्षाको केन्द्राध्यक्ष नियुक्त गर्दा मापदण्ड अपनाउन जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटलाई ध्यानाकर्षण गराउनु भयाे । यस्ताे नगरिए संगठन चुप लागेर नबस्ने चेतावनीसमेत दिनु भयाे ।
कार्यक्रममा संगठनका कार्यवाहक जिल्ला अध्यक्ष रिता अधिकारिकाे अध्यक्षता रहेको थियोे । साे अधिवेशनमा जिल्ला भरिका सयौं शिक्षकहरूको उपस्थिति रहेकोे थियो ।