July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा गजेन्द्र मेमोरियल हस्पिटलकाे राष्ट्रपति भण्डारी द्वारा गरियो समुदघाटन

 

राैतहट,चैत २७ गते
राैतहट जिल्लामा गजेन्द्र मेमोरियल हस्पिटलकाे समुद्वघाटन गरिएको छ ।आईतवार एक कार्यक्रमका बिच राष्ट्रपति विद्या देवी भण्डारीले साे हस्पिटलकाे उदघाटन गर्नु भएको छ । स्वर्गीय गजेन्द्रनारायण सिंहकाे ९७ आैं जन्म जयन्तीकाे शुभ अवसरमा गजेन्द्र स्मृति अस्पतालकाे राष्ट्रपति भण्डारीले गर्नु भएको हाे ।
जिल्लाकाे माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुअवामा राष्ट्रपति भण्डारीले साे हस्पिटलकाे उदघाटन गरेकी हुन् ।
त्यस्तै स्व.गजेन्द्रनारायण सिंहकाे प्रतिमा लाई पनि अनावरण राष्ट्रपति भण्डारीले गर्नु भएको थियाे । उद्घाटन र अवलोकन पछि राष्ट्रपति भण्डारीले कार्यक्रमलाई सम्बाेधन गर्नु भएको थियाे ।
उदघाटन गरिएको साे हस्पिटल सम्भवतः तराई मधेशकाे सबभन्दा ठूलाे हस्पिटल रहेकाे छ । राैतहट क्षेत्र नम्बर १ का निर्वाचित संघिय सांसद अनिल कुमार झाकाे विशेष पहलमा १५ बिगहा भन्दा बढिकाे क्षेत्रफलमा साे हस्पिटल निर्माण गरिएको हाे ।
गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा हस्पिटल सञ्चालनमा भएको हाे । कार्यक्रम सञ्चालन बरिस्ठ पत्रकार चन्द्रकिशाेर झाले गर्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य गजेन्द्र नारायण स्मृति प्रतिष्ठानका अध्यक्ष दिगम्बर झाले गर्नु भएको थियाे । राष्ट्रपति भण्डारीले पानसमा दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियाे । कार्यक्रममा अस्पताल भवनमा सहयाेग गर्ने लिला साह,विकास रन्जन सहित दर्जनौं व्यक्तिहरू लाई राष्ट्रपति भण्डारीले सम्मान गर्नु भएको थियाे ।

गौर–चन्द्रनिगाहपुर सडकमा सखुअवा र जयनगर बिच अवस्थित १५ बिघा जमिनमा अस्पतालको संरचना तयार भई उदघाटन भएको हाे । तत्कालका लागि १०० बेडको बनेकाे छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानमार्फत स्थापना गरिएको सो अस्पताललाई शिक्षण अस्पताल बनाउने लक्ष्य पनि लिईएकाे छ ।

रौतहट र त्यस आसपासमा सुविधा सम्पन्न उपचारको व्यवस्था भएको अस्पताल थिएन । त्यहाँका जनता विशेष उपचारका लागि वीरगञ्ज वा जनकपुर नै जानु पर्ने बाध्यता थियो । त्याे समस्या हट्ने भएको छ ।

उदघाटन समाराेहमा राष्ट्रपति भण्डारी संगै पूर्व उपप्रधानमन्त्री एवम् लाेसपा बरिस्ठ नेता राजेन्द्र महताे, सभामुख सराेज कुमार यादव ,मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र,मधेस प्रदेश सरकार सामाजिक विकासका मन्त्री नबल किशोर साह,पूर्व भाैतिक पसंघिय सांसद बिमल केडिया,माैलापुर नगरपालिकाकि मेयर रिना कुमारी साह,गाैर नगरपालिकाका मेयर अजय गुप्ता, राैतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, जनप्रतिनिधिहरू, पत्रकारहरू,बुद्धिजीवीहरू स्थानीय भद्रभलादमीहरूकाे भव्य उपस्थिति रहेकाे थियाे ।