July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगर प्रमुखले ५४ महिला लाई सम्मानित गरियो

राम प्रबेश बैठा राैतहट,फाल्गुन २४ गते

राैतहटकाे कटहरियामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएकाे छ । सो सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ
कटहरिया नगरपालिकाले एक कार्यक्रम आयाेजन गरि मनाएकाे हाे ।
कटहरिया नगरपालिकाकाे प्रांगणमा आयाेजित नारी दिवसकाे अवसरमा नगरभरीका स्वास्थ्यस्वंय सेविकाहरू लाई दाेसल्ला ओढाएर सम्मान गरिएको थियाे । साे अवसरमा ५४ जना महिला स्वास्थ्यस्वंय सेविकाहरू लाई टर्च,छाता,लाईट र माेबाईल फाेन प्रदान गरिएको थियाे ।
स्वास्थ्यस्वंय सेविकाहरू लाई करिब २५ सय बराबरको सामानहरू प्रदान गरिएको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भएको हाे ।
कार्यक्रमकाे अध्यक्षता पार्वती देवीले गर्नु भएको थियाे भने प्रमुख अतिथिकाे रूपमा कटहरिया नगरप्रमुख सियाराम कुशवाहा रह्नु भएको थियाे । कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा प्रमुख प्रशासकीय अधिकृत साह रह्नु भएको थियाे ।
हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । साेहि क्रममा कटहरिया नगरपालिकाले पनि आयाेजन गरेको थियाे । साे अवसरमा कटहरिया वडा नम्बर ८ का वडाध्यक्ष नबद राय यादव,वडाध्यक्ष हरिभजन साह,वडाध्यक्ष राजकुमार साह,यूवा नेता हेमप्रसाद साह ,कटहरिया नगरपालिकाका याेजना शाखा प्रमुख रामनरेश यादव,जिनसी प्रमुख छाेटेलाल मिश्र सहित नगरपालिका कर्मचारी,जनप्रतिनिधि,स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएकाे हो ।
सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको हो ।