July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

देवाही गोनाही न पा मेयर पटेललाई फसाएको आरोप निराधार,भ्रामक एवम् झुठा रहेकाे :वडाध्यक्ष नुरुल्लाह

राैतहट,फागुण २३ गते
रौतहट जिल्लाको देवाहीगाेनाहीका नगर प्रमुख धर्मेन्द्र पटेललाई फसाएको आरोप निराधार,भ्रामक एवम् झुठा रहेकाे रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियाका वडा अध्यक्ष शेख नुरुल्लाहले
दावी गर्नु भएको छ ।
मेयर धर्मेन्द्र पटेल आफुमाथी लगाएको आरोप निराधार, कपोकल्पित, भ्रामक एवं झुठा रहेको दावी गरेका छन् ।
केही दिन अघि मात्र देवाहीका नगर प्रमुख पटेल सहित ४ जना एक उपभोक्ता समितिसँग ५ लाख रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक गरी ५ लाख रुपैया घुस लिरहेको अवस्थामा मेयर पटेललाई उनकै कार्यकक्षबाट रङ्गेहात समातेको थियो ।
उक्त घुस रकम सहित पक्राउ परेका मेयर धर्मेन्द्र पटेल, योजना शाखा प्रमुख मुकेश पटेल, सह लेखापाल प्रदिप यादव र मेयरका सहयोगी अशोक पटेल अहिले काठमाडौं स्थित अख्तियारको नियन्त्रणमा रहेको छ । अख्तियारले उनिहरुलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको छ ।
अख्तियारद्धारा पक्राउ परेका मेयर धर्मेन्द्र पटेल सहित उनका समर्थहरुले वडा नं. १ का वडा अध्यक्ष शेख नुरुल्लाहले सडयन्त्र गरी मेयर पटेललाई फसाएको आरोप लगाइरहेका छन् ।
वडा अध्यक्ष नुरुल्लाहले आफना छोरीको विहेमा नगर प्रमुख पटेलसँग ५ लाख रुपैया साप्टी लिएको र त्यही साप्टी रुपैया दिन जाँदा अख्तियारलाई बोलाएर घुस लिएको भनी आरोप लगाई मेयर पटेललाई फसाएको आरोप वडा अध्यक्ष नुरुल्लाहमाथी लागेको छ ।
आफुमाथी साप्टी पैसा लिएको आरोप लागेपछि वडा अध्यक्ष नुरुल्लाहले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर पटेलसँग आफु एक रुपैया पनि साप्टी नलिएको दावी गरेका छन् ।
फस्ने डरले आफुलाई बलजबरजस्ती निर्दोष सावित गर्न मेयर पटेलले आफुमाथी निराधार आरोप लगाएको उनले प्रष्ट पारेका छन् ।
वडा नं. १ को वडा कार्यालय भवन निर्माणका लागि नगरबाट २० लाख रुपैया बजेट विनियोजित भएको थियो । सो २० लाख रुपैयाको भवन निर्माण कार्य सम्पन्न भएपछि उक्त योजना वापत उपभोक्ता समितिसँग मेयर पटेलले ५ लाख रुपैया कमिश्न मागेको वडा अध्यक्ष नुरुल्लाहको दावी छ । उपभोक्ता समितिसँग कमिश्न नलिन आफुले मेयर पटेललाई पटक पटक आग्रह गर्दा पनि नमानेको उनले बताए ।
उनका अनुसार कमिश्न पनि लिने र कसैलाई थाहा पनि हुन नदिन मेयर पटेलले आफना सहयोगी अशोक पटेलको नाममा चेक काटन लगाएको थियो ।
सोही कमिश्न वापतको रकम दिन जाँदा उनलाई अख्तियारको टोलीले समातेको उनले बताए ।
वडा नं. ६ का वडा अध्यक्ष अनिल कुमार झाले विकास निर्माणको नाममा मेयर धर्मेन्द्र पटेलले नगरपालिकामा ब्रहमलुट मच्चाएको आरोप लगाएका छन ।
विभिन्न योजना सञ्चालनको नाममा पटेलले करोडौं भ्रष्टाचार गरी अकुत सम्पती आर्जन गरेको वडा अध्यक्ष झाले बताए ।
करोडौं भ्रष्टाचार गरी अकुत सम्पती जोडन सफल मेयर पटेललाई निष्पक्ष रुपमा छानविन गरी कार्यवाहीको दायरामा ल्याउन उनले अख्तियारसँग अनुरोध गरे ।
योजना सञ्चालन वापत मेयर पटेलले उपभोक्ता समितिसँग खुल्याम घुस मागेको कारण अख्तियारद्धारा पक्राउ परेको उनले बताए ।
यस्ता भ्रष्टाचारीलाई हदैसम्मको कार्यवाही नगरेसम्म गाउँ, समाज र नगरमा विकास हुन नसक्ने भन्दै झाले भ्रष्टाचारीलाई अख्तियारले कसैको दबाव वा प्रभावमा नपरी निष्पक्ष छानविन गरी कार्यवाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे ।
अख्तियारले भ्रष्ट मेयरलाई कार्यवाही नगरे बाध्यभएर आफुहरु आन्दोलनमा उत्रिन तयार रहेको उनले बताए ।