July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया न पामा प्रथम चाैमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

राैतहट,माघ २८ गते
राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाको
प्रथम चाैमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न छ । कटहरिया वडा नम्बर ५ स्थिति विवाह मण्डप भवनमा साे कार्यक्रम आयाेजन गरिएको थियाे । आर्थिक वर्ष २०७८/७९ काे प्रथम चार महिनामा भएको कामकाे प्रगतिकाे बारेमा समीक्षा गर्न सार्वजनिक सुनवाइ बाेलाईएकाे थियाे ।
कटहरिया नगरकार्यपालिकाकाे आयाेजनमा भएको साे सार्वजनिक सुनवाइ कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह रह्नु भएको थियाे ।
कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख सियाराम कुशवाहाले गर्नु भएको थियाे भने विशिष्ट अतिथिकाे रूपमा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा रह्नु भएको थियाे । कार्यक्रम सञ्चालन नेक महमद हुसैनले गर्नु भएको थियाे ।
कार्यक्रम कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चारमहिनामा नगरपालिका द्वारा भएको कामहरूकाे प्रगति विवरण पढेर सुनाउनु भएको थियाे । साथै सल्लाह सुझाव समेत संकलन गरिएको थियाे । कटहरिया नगरपालिकाले स्वास्थ्य,शिक्षा सहितकाे क्षेत्रमा उल्लेखनीय प्रगति गरेकाे साहले बताउनु भएको थियाे ।
साे अवसरमा कटहरिया नगरप्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन साह,वडा नम्बर ८ का वडाध्यक्ष नबद राय यादव,वडाध्यक्ष राजकुमार साह,वडाध्यक्ष रामअज्ञा यादव,आई आर्मीका जिल्ला संयाेजक नरेश साह तुरहा,कार्यपालिका सदस्य रामप्रवेश साह,नेकपा एमाले प्रदेश कमिटी सचिव आरति भण्डारी,विभिन्न राजनितीक दलका प्रतिनिधि,बुद्धिजीवी, भद्रभलादमी,नगरपालिकाका कर्मचारीहरू,कार्यपालिका सदस्यहरू पत्रकार सुरक्षाकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।