रामप्रवेश बैठा,राैतहट,माघ २६ गते
वन अतिक्रमण लाई जसरी पनि हटाउनु पर्ने मधेस प्रदेशका
उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री नागेन्द्र राय यादवले बताउनु भएको छ । डिभिजन वन कार्यालय राैतहट द्वारा आयाेजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै वहाँले यस्ताे बताउनु भएको हाे । वन अतिक्रमण हटाउनकाे लागि डटेर लाग्न कर्मचारीहरू लाई निर्देशन दिनु भएको थियाे । चुरे संरक्षणकाे लागि संघिय सरकारले ठाेस निति ल्याउनु पर्ने आवश्यकता रहेकाे उल्लेख गर्नु भयाे । गरिब जन्ताहरू लाई सहज रूपमा दाउरा उपलब्ध गराइदिनु हुन कार्यालयका प्रमुख सँग अनुराेध गरे । नियमपूर्वक काम गर्दै जानुस् यदि कसैले सरूवा गराईदिनछु भन्ने डरधम्की दिनु भने त्यसकाे पछि नलाग्न वनका कर्मचारी आग्रह गरे ।
ऐन, कानून तथा नियम संशोधन गरेर भएपनि साझेदारी वनमा कार्यरत हेरालुहरुको तलबको सुनिश्चित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
रंगपुर साझेदारी वन उपभोक्ता समुहका पूर्व अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले साझेदारी द्वारा आयाेजित कार्यक्रमलाई सम्वोधन गर्दै यादवले जब सम्म साझेदारी र सामुदायिक वन बलियो हुदैन तब सम्म वन/जंगललाई जोगाउन सकिदैन त्यसैले साझेदारी वन उपभोक्ता समुह र सामुदायिक वन उपभोक्ता समिति बीचमा हुने भेदभाव अन्त्य गर्दै यी दुईलाई समान तरिकाले अगाडी बढाउदै लैजाने हाम्रो योजना रहेको बताए । प्रमुख अतिथि समेत रहेका राज्य मन्त्री यादवले ऐन, कानून तथा नियम संशोधन गरेर भएपनि साझेदारी वनमा कार्यरत हेरालुहरुको तलबको सुनिश्चित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका डिभिजन वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादवले वैज्ञानिक वन ब्यवस्थापनका बारेमा प्रकाश पार्दै वन संरक्षण तथा वृक्षा रोपन कार्यलाई पहिलो प्राथामिकतामा राख्नु पर्ने कुरामा जोड दिएका थिए । विश्व माहामारीको रुपमा रहेको कोभिडबाट बच्नका लागि सर्वसाधारण जनताले अक्सिजन किन्नु पर्ने बाध्यता छ तर निःशुल्क रुपमा अक्सिजन पाउने बोट बिरुवाहरु चेतनाको अभावले दिन प्रतिदिन मास्दैछौ त्यसैले यस्ता कुराहरुमा हामीले विचार पुर्याउन आवश्यक रहेको यादवले बताए ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।