आरके श्रीवास्तव,राैतहट,माघ २४ गते
एकीकृत सामाजवादीका प्रभावशाली नेता एवम् मधेश प्रदेश सरकारका उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् । मन्त्री बने लगत्तै वहाँले कार्यकर्ताहरू सँग भेट गरि समस्या बुझने,पार्टी संगठनलाई मजबुत बनाउने सहितका विषयहरूमा छलफल गरेका थिए ।
आज मंगलबार जिल्लाकाे बृन्दावन नगरपालिकामा ए समाजवादी पार्टीकाे वडा भेला सम्पन्न भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ भुसहा टाेलमा समाजवादी पार्टीका नेता कार्यकर्ताहरू जम्मा भएका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा उधोग पर्यटन तथा बन राज्यमन्त्री यादव रह्नु भएको थियाे । साे अवसरमा प्रदेश सांसद हसिमा खातुन,बृन्दावनका मेयर प्रत्यासी बिनाेद पटेल,प्रेमलाल राउत,उपेन्द्र महताे,लालबाबु पटेल सहित दर्जनौं नेता कार्याकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
हिजाे मात्रै राज्यमन्त्री भएपछि राैतहटमा गृह जिल्ला आउनु भएका यादवलाई भव्य स्वागत गरिएको थियाे ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय