July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा बेमौसमी वर्षाले ईट्टा उधाेग धारासायी,कराेडाैंको क्षति

रामप्रवेश बैठा,राैतहट,माघ २१ गते
बेमौसमी वर्षाले राैतहटमा रहेका ईट्टा व्यवसायहरुको कराेडाैं मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बिहिवार रातिदेखि भएको वर्षाका कारण राैतहट जिल्लामा मात्रै २० कराेडकाे काँचो ईट्टा गलेर नष्ट भएको ईटा व्यवसायी संघका राैतहटका अध्यक्ष बिनाेद  जयसवाल र अमर ईटा उद्योग को प्रोप्राइटर अरविन्द यादवले बताए ।

काँचो ईट्टाको बिमा नहुदा जिल्लाका सबै ईट्टा व्यवसायी मर्कामा परेको उनले बताए । बिमाकै कारण व्यवसायीहरु वर्षेनी करोडौंको नोक्सान व्यहोरीरहेकाले बिमाको सुविधा माग गरेका छन् । बिमा माग गर्दा पनि सरकारले नसुन्ने गरेकाे गुणासाे गरे ।
ईट्टा तयार गरी भट्टीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा कराेडाैंकाे काँचो ईट्टा गलेर नष्ट भएको हो । जिल्ला भरीमा प्राप्त तथ्यांक अनुसार कराेडाैं गाेटा काँचो ईँट्टा नष्ट भएको उनको भनाई छ ।
एक दुई दिन भित्रै धेरै ईट्टा उधाेग बन्द हुने जयसवालकाे भनाइ रहेकाे छ ।

जिल्लामा रहेको कुल १६२ वटा उद्योग मध्ये संचालनमा रहेका सबै उद्योगमा काँचो ईट्टा गलेर नष्ट हुँदा व्यवसायीले करोडाैं रुपैयाँको नोक्सानी भएको दाबी गरेका छन् ।
जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर ६ मा रहेकाे एएमआर ईट्टा उधाेगमा मात्रै १० लाख भन्दा बढीकाे क्षति भएको सञ्चालक अरबिन्द कुमार यादवले जानकारी गराए । सरकारले ईट्टा व्यवसायीहरू लाई वेवास्ता गरेका कारण बर्सेनि कराेडाैंकाे क्षति बेहोर्नु परेकाे यादवले गुणासाे गरे । सरकारले यदि काँचो ईट्टाको बिमा गरिदिएकाे भए केही राहत हुने थियाे । बिमाकै कारण व्यवसायीहरु वर्षेनी करोडौंको नोक्सान व्यहोरीरहेकाले यादवले पनि बिमाको सुविधा माग गरेका छन् ।