July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा भईरहेकाे ढल निर्माणमा दुई नम्बर ईट्टा प्रयाेग

राम प्रबेश बैठा ,माघ १७ गते
राैतहटकाे कटहरियामा निर्माण भईरहेकाे ढलमा दुई नम्बरी ईट्टा प्रयाेग भईरहेकाे पाईएकाे छ । गुणस्तरहीन ईट्टा प्रयाेग भईरहेकाे देखेपछि स्थानीयहरूले केही बेर काममा अवराेध गरेका थिए । खानेपानी सरसफाइ तथा साना शहरी विकास आयाेजना अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ४,५ मा निर्माणाधीन ढल निर्माणमा गुणस्तरहीन ईट्टा प्रायाेग भईरहेकाे स्थानीयहरूले बताएका छन् ।
गत वर्ष २०७७/०७८ मा आश्रय निर्माण सेवाकाे कम्पनीका सञ्चालक ठेकेदार रामअश्रे साहले ५४ कराेडकाे ढल निर्माणकाे ठेक्का घटाघट प्रक्रिया बाट ३४ कराेडमा साकार गरि निर्माण गरिरहेकाेमा बाैधिमाता र ईलाका प्रहरी कार्यालय अगाडि निर्माणाधिन ढलमा गुणस्तरहीन ईट्टा ,टुक्रा र माटाे मिक्स बालुवा प्रयाेग भईरहेकाेले स्थानीय हरूले बताएका छन् ।
यस सम्बन्धमा लेबर स्थानीय ठेकेदारलाई भन्दा कुनै वास्ता नगरेको स्थानीयले बताए । ईन्जिनियर बिजेन्द्र यादवकाे मिलाेमताेमा भईरहेकाे काममा व्यापक अनियमितता भईरहेकाे गुणासाे बढेको छ । काममा सुधार नभए निकट भविष्यमा काममा अवराेध गर्ने बुझिएको छ । यस प्रति सम्बन्धित निकायकाे छिट्टै ध्यानाकर्षण हुन आवश्यक देखिन्छ ।