July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा अपांग समन्वय समितिकाे बैठक सम्पन्न


सरिता श्रीवास्तव,राैतहट,माघ २१ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा आपाङ समन्वय समितिको बैठक सम्पन्न भएको छ । नगर उप प्रमुख एवं आपाङ समन्वय समितिकी संयोजक नुरजाहाँ खातुनको अध्यक्षतामा समितिकाे उक्त वैठक बसेकाे थियाे । कटहरिया नगरपालिका वडा नं १,२,३,४,५,७ को आपाङ व्यक्तिहरूको आज एकै साथ छनौट पनि गरिएको छ । समाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्डपालना गर्दै उक्त वैठकबाट बसेकाे उपमेयरका सहयोगी रामअधार यादवले बताए ।
बैठक बाट क, ख, ग, घ वर्ग गरी जम्मा ३३ जना लाई छनौट गरिएकाे छ । साे अवसरमा समाज सेवी यूवा नेता नेकपा माओवादी केन्द्रका नेता नसरूदिन अंसारी, समन्वय समितिका सदस्य नि. प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादव , प्रशासन शाखा प्रमुख हरेन्द्र यादव, वडाध्यक्ष उमेश यादव, सदस्य सचिव कौशल चौधरी, प्रअ योगेन्द्र कुशवाहा लगायत समन्वय समितिका पदाधिकारीहरूको उपस्थिति मा कार्यक्रम सम्पन्न भएकाे यादवले बताए ।