काठमाडौं, २४ चैत्र ।
आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शनसहितको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले काठमाडौं महानगरका मेयर बालेन शाहलक्षित यस्तो चूनौति दिएका हुन् । बालेनले सुकुम्बासी र कवाड व्यवसायीहरुमाथि धरपकड गरेपछि प्रभु साहको यस्तो आक्रोश पोखिएको हो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंमा गरिखाने वर्गलाई सुरक्षा नदिईए आाफूले त्यसको प्रतिकार गर्ने र उत्पन्न परिस्थितिको जिम्मापनि राज्यले नै लिनुपर्ने खुला चूनौति दिए । साहले आजबाट तेस्रो जनआन्दोलनको शंखानद भएको पनि घोषणा गरे । उनले भने,‘जनआन्दोलन दिवस हो । तपाईंहरुलाई साक्षी राखेर हामी सहीदहरुको सपना साकार पार्ने प्रण गर्दछौं । मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको छ । आज तेस्रो जनआन्दोलनको उद्घोष हो । यो लुटकारी दलतन्त्रको खारेजीको लागि यो तेस्रो जनआन्दोलनको उद्घोष हो । नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ । जनआन्दोलन पार्टी र जनता मिलेर गरिएको थियो । नेताहरुले व्यवस्थामाथि बेइमानी गरे । जनता लाचार र निरीह भए । देशमा पार्टीको सिण्डिकेट भएको छ । जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन् ।’ उनले जनआन्दोलन गर्दा नेपालबाट राजाको शासन हटाएर जनताको शासन हुने भनिएको भएपनि राजसंस्था हट्दापनि देशमा जनताको असली शासन नआएको टिप्पणी गरे । उनले भने,‘यो देशमा त
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।