July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको माैलापुर बिधुत वितरण केन्द्रले मनायो विद्युतीय सुरक्षा दिवस

राैतहट,२६ गते चैत ।
राैतहट-विद्युतीय सुरक्षा दिवसको अवसरमा साेमबार माैलापुरमा प्रभातफेरी गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रको आयोजनामा सोमबार दिउँसो माैलापुर बजारमा प्रभात फेरी गरिएको हो ।

नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो । प्रभातफेरि पश्चात् विधुतिय सुरक्षा सम्बन्धि अन्तरक्रिया पनि गरिएको थियोे ।
प्रभातफेरीमा सहभागीहरुले सुरक्षा प्रतिकाे चासाे,दुर्घटना बाट बच्ने साँचो,प्रलाेभनमा नपराैं,विधुतकाे सुरक्षित उपयोग गराैं,सुरक्षा सामाग्री साथमा,आफ्नो सुरक्षा आफ्नै हाथमा,नगरौँ है चोरीको धन्दा, परिएला कानूनको फन्दा, लगायतमा नारा लगाएका थिए ।

कार्यक्रममा माैलापुर वितरण केन्द्रका प्रमुख ई.रामदिनेश यादवले विद्युतीय सुरक्षा अनिवार्य आवश्यकता रहेको भन्दै विद्युतीय सामाग्रीको प्रयोगमा सजगता अपनाउनुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरणले सोसाइटी अफ इलेक्ट्रकल इन्जिनियर्ससँगको सहकार्यमा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि चेतना बाँड्ने उद्देश्यले २०७३ सालदेखि हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।