सागर संगम ठाकुर रौतहट आसर २ गते
रौतहटको देबाही गोनाही नगरपालिका-९धरहरीमा अधुरो रहेको राधाकृष्ण मंदिरकाे निर्माणकार्य संम्पन भएको छ । २०६४ साल ८ महिना १६ गते स्थापना भएको साे मन्दिर आर्थिक अभावका कारण अधुरो रहेको थियोे । लामो समयदेखि अधुरो रहेको मन्दिरलाई देवाही गाेनाही नगरपालिका वडा नम्बर ३”का वडा अध्यक्ष संजय पटेलकाे सहयाेगबाट सम्पन भएको छ । करिब १७ वर्ष देखि अधुरो मंदिरलाई स्थानीय रामनाथ यादवले आफ्नो दुई कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए ।धार्मिक आस्थाकाे रुपमा रहेको राधा कृष्ण मंदिरलाई स्थानीय स्तरबाट चन्दा संकलन गरि छत ढलान सम्म पुर्याएका थिए ।त्यसपछि स्थानीय तहकाे स्थापना भएपछि वडामा निर्वाचित तत्कालीन वडा अध्यक्ष राजेश साहले २०७८ सालमा वडा स्तरीय याेजनाबाट २ लाख रुपैयाँ छुट्टयाई अधुरो मन्दिरको छत ढलान कार्य सम्पन गराएका थिए । तरपनि मन्दिर अधुराे नै रहे २०७८ देखि नै पलास्टर र रंग राेधन बिना अधुरो मन्दिरमा यता आएर वडा अध्यक्ष पटेलले आफ्नो निजी खल्तीबाट ३ लाख रुपैया सहयोग गरि अधुरो मन्दिरको निर्माणकार्य संम्पन गराउनु भयो ।स्थानीय र मन्दिरका पुजारी रामनाथ यादवले हालका नगर प्रमुख प्रेमलाल साहलाई पटकपटक आग्रह गरेपनि चासो नदेखाएका कारण अलपत्र परेको मन्दिरलाई वडा अध्यक्ष पटेलले निर्माण कार्य संम्पन गराएको पुजारी यादवको भनाइ छन । साथै मन्दिरमा यही असार ३१ गते मुर्तीलाई प्राण प्रतिष्ठा गरिने पुजारी यादवले जानकारी दिनु भयो । मन्दिरमा राधाकृष्ण भगवानको मुर्ती स्थापना भएपछि दर्शन र पुजा गर्ने भक्तजनहरुको भिड लाग्ने पुजारी यादवले बिश्वास व्यक्त गर्नु भयो । मन्दिरमा स्थापना हुन लागेका मर्तीकाे सम्पूर्ण खर्च स्थानिय जाेहन राय यादवले वेहाेरनेकाे मन्दिरका पुजारी यादवले बताए । पुजारी यादवले याे भन्दा पहिलापनि ठाउँ ठाउँमा पिपलकाे रुख राेपेर समाजमा आफ्नो नाम स्थापित गरि चर्चा कमाएको छ ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह