July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

माौलापुर मधानी महोत्सव-२०८० द्धारा पत्रकार लगाएतका दर्जनौ व्यक्तिहरु सम्मानित

चैत्र १४ गते, रौतहट ।
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिकाले मौलापुर मधानी महोत्सव २०८० मा आफना महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई आज सम्मानित गरेका छन् ।
मैलापुर नगरपालिकाको पतौरामा रहेको पुरात्तात्विक महादेव मन्दिरको प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले गत फाल्गुण २२ गतेदेखी २६ गतेसम्म चलेको मधानी महोत्सवमा योगदान पुरयाउने पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी सहित दुई दर्जनभन्दा बढि व्यक्तिहरुलाई सम्मान गरेका छन् ।
मौलापुरमा करिव तिनसाता अघि सम्पन्न मधानी महोत्सव २०८० को समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
महोत्सव कार्यक्रमको समिक्षा गर्न आयोजित कार्यक्रममा कलमको माध्यमले मौलापुर मधानी महोत्सव २०८० र पुरात्तात्विक महादेव मन्दिरलाई विश्वस्तरमा पुरयाउन महत्वपूर्ण योगदान दिएको भनी उक्त योगदानको उच्च मुल्यांकन गरी विभिन्न सञ्चारमाध्यममा आवद्ध ७ जना पत्रकारलाइ सम्मान गरिएको छ ।
रातोपाटीका रौतहट संवाददाता एवं बरिष्ठ पत्रकार सञ्जय मिश्रा, साहित्यकार तथा बरिष्ठ पत्रकार सञ्जय साह मित्र, बरिष्ठ पत्रकार प्रभात झा, पत्रकार ओम प्रकाश यादव, पत्रकार रामप्रवेश बैठा, पत्रकार राजु श्रीवास्तव, राजकुमार यादव लगाएतका पत्रकार सम्मानित भएका छन् ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गम्छा ओढाएर पत्रकारहरुलाई सम्मानित गरेका छन् ।
त्यस्तै मधानी महोत्सव कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सफल पार्न मञ्च व्यवस्थापन देखी लिएर दर्शकहरुलाइ बस्ने ठाउको व्यवस्थापन, महोत्सव हेर्न आउने लाखौं दर्शकहरुलाई सुविधा सम्पन्न शौचालय, शुद्ध खानेपानीको बन्दोबस्त मिलाएका दर्जनौ व्यक्तिहरुलाई पनि सम्मान गरिएको मेयर रिनादेवी साहका छोरा विवेक साहले जानकारी दिएका छन् ।
महोत्सवमा कलाकारहरुको व्यवस्थापन, विभिन्न धार्मिक कार्यक्रम, पुजापाठ, कुस्ती खेलाडीहरुको बोलाउने देखि लिएर उनिहरुलाई व्यवस्थापन गर्ने लगाएत विभिन्न माध्यमले महोत्सवका लागि योगदान दिने सम्पूर्ण व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको साहले बताए ।
पmागुण २५ गते आयोजित मधानी महोत्सवमा यस वर्ष भारतिय बाँलिवूडका सुपरस्टार नायक गोविन्दा आहुजा, नेपाली सिनेमाका चर्चित नायक पल साह, भारत विहारका पूर्व राज्य मन्त्री एवं भोजपुरी सुप्रसिद्ध गायक विनय विहारी, भोजपुरी सिनेमाकी सुपरस्टार नायीका निलम गिरी लगाएत नेपाल र भारतका दर्जनौ प्रसिद्ध कलाकारहरुले आफना साँस्कृतिक प्रस्तुति दिएका थिए ।
भारतीय नायक गोविन्दाको प्रस्तुती हेर्न नेपाल र भारत विहारका लाखौं दर्शकहरु मैलापुर ओलिएका थिए ।
महोत्सवमा भएका कमिकमजोरीलाई सुधार गर्ने तथा राम्रा र नराम्रा दुबै पक्षमाथी गम्भीर समिक्षा एवं विचार विमर्श गर्ने उद्देश्यले समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
आज गरिएको समिक्षामा कमिकमजोरी देखिएका पक्षहरुलाई व्यापक सुधार गरी आगामी वर्षको महोत्सवलाई अझै सभ्य र भव्य बनाउन आफुहरु लाग्ने अधिकृत साहले बताए ।
उत्खन्नको क्रममा २०७६ सालमा मौलापुर नगरपालिकाको मौलापुर पतौरामा हजारौ वर्ष पुरानो कर्नाटकालिन पुरात्तात्विक महादेव मन्दिर फेला परेको थियो । सो ठाउमा महादेव मन्दिर निर्माण गरी मौलापुर नगरपालिकाले प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्ने गरेको छ ।
पुरात्तात्विक महादेव मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले २०७६ सालदेखी लगातार मौलापुरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।