July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद

राैतहट,१६गते पुस ।
रौतहट । रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । शनिवार बेलुका गौर नग्पालिका वडा नं.४ स्थित बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा किराना सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार चेकजाँच गर्ने क्रममा आवश्यक कागजातपत्र नभएका भारतिय नम्बर पलेटको मोटरसाईकल थान–१ र अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका किराना सर समानहरु प्रहरीले बरामद गरेको हो ।
करिब एक लाख ब्यालिस हजार मूल्य बराबरको उक्त सामान भएको उनले जनाए । बरामद गरिएको सर सामान कार्यवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थाई प्रहरी पोष्ट बसपार्क र महादेवपट्टी रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकजाँच टोलीले उक्त सामान बरामद गरेको उनले बताए । पछिल्लो समय रौतहट प्रहरी भन्सार छलीको सरसामानहरु धमाधम पक्राउ गर्न थालेको हो । शनिवारमात्रै रौतहट प्रहरीले भारत बाट अबैध रुपमा ल्याइरहेको एक लाख नौ सय चालिस रुपैयाँ वराबरको किराना,लत्ताकपडा र प्याज पक्रेको थियो ।