July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न ,अध्यक्षमा भण्डारी

 

पर्सा । बिरगंज

प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अध्यक्षमा तुलसी भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

भण्डारीको अध्यक्षमा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राकेश कुमार शाह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् ।

यस्तै, समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव (समावेशी) मा भने कृष्ण कशुवाहा चयन भएका हुन् । साथै सदस्यमा राजन रौनियार ,सक चौरसिया ,आरोहन साह , रसमि राज भन्डारि , पन्नालाल साह , राजन कुमार सिंह ,राजन बानिया , आन्न्द पटेल ,मुस्तुफा आलम ,दिपेन्द्र कुमार साह ,सोभा धमला,एन्जल चौधरि,कमला भन्डारि ,नितेश कर्ण ,कृष्ण कुमार श्रीवास्तव,अखिलेश साह ,सेख सजाद हुसेन ,राजु साह,नविन कर्कि ,राम कुशवाहा,बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन् ।