काठमाडौं, १६ पुष ।
आम जनता पार्टीले छुट्टै अर्ध सैनिक बल निर्माण गरेकोछ । यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । झण्डै ७ दिन चलने उक्त तालिममा देशभरीका हजारौ युवाहरु सहभागी छन । रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ । यस प्रशिक्षण बारे आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहा संग जान्न खोजदा वहाँले भन्नुभो, “ अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक छ , किनकी आईटी बिना देशको बिकास सम्भव छैन । बैदेशिक रोजगारीमा भईरहेको ठगी रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोकन सकारात्मक योगदान गर्नेछ ।” आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए । यदि सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताए । उनले भने ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मी संग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ ।” उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् । मुलुकमा
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा