July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय

,राैतहट,मंसिर ०७ गते ।
राैतहट जिल्लाकाे मध्य भाग गरूडामा रहेकाे श्रीराम सुगर मिलकाे प्रांगणमा सबै दलका दलित भातृ संगठनका दलित अगुवा तथा नेताहरूकाे बैठक सम्पन्न भएको छ । बैठकमा वृन्दावन नगरपालिका कार्यपालिका सदस्य एवं पत्रकार राजेश पासवान संग छठघाटमा भएको विभेद विरुद्ध एकजुट भएर अगाडि बढ्ने टुंगो लगाएका छन् ।

बुधबार बैठक बसेकाे दलित अगुवाहरूले मुदा प्रकृया लगायत संघर्षको बारेमा छलफल गरेका थिए । स्मरणीयहाेस् जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुँमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका पासवानमाथि अभद्र व्यवहार र गाली बेइज्जति तथा जातीय छुवाछूत तथा भेदभाव गरिएको घटना बाहिर आएको थियो ।
उक्त घटनामा श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव तथा अधिकृत शंकर ठाकुर,प्रेम यादव,गोपी महतो लगायत करिब पचासौं जनाका जमातमा रहेका कथित उपल्लो जातीयका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेका थिए ।एउटा विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको साे घट्नाको चाैतर्फी विराेध भईरहेकाे छ ।

दलितका विभिन्न संगठनहरूले साे घटनाको जति विरोध तथा निन्दा गरेपनि कम हुने भन्दै घट्नाको घोर भत्सर्ना गरेको छ ।र सो घटनाको विरोध देशै भरि हुन थालेको छ।

नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव तथा अधिकृत ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कार्वाही गर्न जोडदार माग समेत गरिएको छ ।
साे अवसरमा जिल्लाभरी विभिन्न पार्टीमा आवद्ध दलित नेता तथा अगुवाहरूकाे सहभागीता समेत रहेको थियाे ।