July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र

मंसिर ०८ गते
राैतहट।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लैंगिक हिंसाको अवस्था भयावह रहेकाे कुरा बताएका छन । महिला वाल वालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय राैतहटमा आयोजना गरेको कार्यक्रममा बोल्दै लैगिक हिंसाको क्षेत्रमा यहाँ धेरै गर्न बांकी छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले राैतहटमा जे गरे हुन्छ, नगरे हुन्छ , जे पनि चल्छ भने किसिमका भावना त्यागेर काम गर्नु पर्ने जरुरी रहेको बताए । राैतहटमा अब यस्ताे हुदैन , राैतहट भएकोले अब यस्ताे गर्नु हुन्न भने भावना काे विकास गर्न जरुरी रहेकाे उनले बताउदै यी कुरामा जनचेतना आवश्यक रहेको जिकिर गरे । प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक चन्दन झा , मानव सेवा केन्द्रका अध्यक्ष किरण ठाकुर , महिला सुरक्षा दवाव समुहका देवकी नेपाल , छोरी संस्थाका कोपिला तिमल्सिना , नारी चेतनाका गिता कुशवाहा , अधिवक्ताद्वय विपिन गाैतम, दिलिप कोईराला ,महिला सेल गरुडाका फुलमाया गुरुङ सहितका उपस्थिति रहेको थियो । सो वैठकबाट १६ दिने अभियान अवधिभर जिल्लामा हरेक दिन कार्यक्रम गर्ने निर्णय गरेको छ ।