कार्तिक ०१ गते
प्रेमचन्द्र झा
राैतहट । बज्जिका साहित्य संगम राैतहटले लोक महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रम बुधबार सम्पन्न गरेकाे छ । बज्जिका भाषा विकासका लागि लामाे समय देखि कलम चलाई रहेका गाेरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ राैतहट शाखा दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका मिश्रलाई राैतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेका छन । बज्जिका भाषा साहित्यमा लामो समय देखि कलम चलाई रहनु भएका साहित्यकार महिला रेणु गुप्ताको अघ्यक्षतामा भएको सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रममा छठकाे अवसरमा साहित्यका कार्यक्रम गरेकाेमा आयोजक पक्षलाई सहभागीले सराहना गरेका छन । गाेरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक मिश्रले नेपालमा मात्र होईन बज्जिका भाषाकाे अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित हुँदै गएको बताए । यस भाषालाई थप उचाईमा पुर्याउन सबै बज्जिका भाषीलाई कार्यकारी सम्पादक मिश्रले आग्रह समेत गरेका छन । यश सम्मानले मलाई थप भारी बोकाउने काम भएको बताउदै भाषाका लागि अथक याेगदान गर्ने प्रतिवद्वता गरे । साहित्यकार तथा पुर्व शिक्षक बिन्दा सहनीले बज्जिकामा विवेकानन्दलाई यश संस्थाले सम्मान गरेर सबै सबैलाई सम्मान गरेको जस्तो आफुलाई लागेको बताए ।
गाैर नगरपालिका वडा नम्बर २का पुर्व वडा अध्यक्ष राकेश कुमार झा ले वडा बज्जिका भाषाकाे लागि हरेक सहयाेग गर्ने प्रतिवद्वता गरे । पुर्व प्रधानाध्यापक गाैरी कान्त मिश्रले भाषाका लागि योगदान गर्ने सम्मानित हुनु गाैरबको कुरा हो भनेका थिए । सो अवसरमा बज्जिका भाषा विकासका अभियन्ता संजय साह मित्र ,ईन्द्र कुमार झा , विपिन बिहारी सिह, विके मिश्र ,किसुन दयाल श्री कृष्ण ,केदार साह,संगिता सहनी सहितले लोक महापर्व छठको शुभकामना तथा रचना समेत वाचन गरेका थिए ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।