July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको विभिन्न शिवालयमा भक्तहरु द्वरा जलाभिषेक

 

हुनमत कुमार यादव,गाैर,११ गते भदौ । रौतहटको विभिन्न शिवालयमा सैकडौ भक्तहरु द्वरा जल अभिषेक गरिएको छ । जिल्ला विभिन्न शिवालयमा तिथि अनुसार चलिरहेको सवानको पावन महिनामा गरिने सोम्वारी व्रत आज अन्तिम दिन रहेको थियो । भक्तहरु बाजागाजा साथ नदि बाट जलबोझि गरि शिवालयमा जल अभिषेक गरेका छन् ।

आज जिल्लाको मुख्य ठाउँहरु जस्तै राजदेवी नपा.७ मुडवलवा, राजदेवी नपा.८ लक्ष्मिपुर बेलबिछवामा श्री रामजानकी मठको आयोजन द्वरा जल अभिषेक कार्यक्रमको आयोजनागरिएको थियो । त्यस्तै जिल्लाको सदर मुकाम गौर नपा .२ महादेवपट्टी, गरुडा नपा को शिवनगर शिवालयमा जल अभिषेक सहित संस्कृतिक कार्यक्रमको आयोजना रहेको थियो ।

वर्षको सवान महिना शिवलिङ्गमा जल अभिषेक गर्दा मनमा सोचेका मनोकामना पुरा हुने , जीवनमा सुख शान्ति मिल्लने , धन प्राप्ति हुने जस्ता धर्म ग्रन्थहरुमा मान्यता रहेको छ ।