July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको शिवनगरधाममा सावन सोमवारी महोत्सव २०८० संम्पन

सागर संगम ठाकुर

रौतहट भदौ ११ गते
रौतहटको प्रसिद्ध एवं धार्मिक स्थल शिवनगरधाममा सावन सोमवारी महोत्सव २०८० संम्पन भएको छ ।
जिल्लाको चर्चित एवं पर्यटकीय स्थलको रुपमा रहेको शिवनगरधाममा पहिलोपटक सावन सोमवारी महोत्सव २०८० आयोजना गरिएको थियो ।
गरुडा नगरपालिकाको आर्थिक सहयोग तथा समाज बिकास केन्द्र गरुडा नगरपालिका वडा नं.१ को आयोजना र निराला जेनरल स्टोरको सह–आयोजनामा शिवनगरमा महोत्सव संम्पन भएको हो ।
सावन महिनाको सोमबारी शुरु भए संगै टिकटक कलाकारहरुले साँस्कृतिक कार्यक्रम मार्फत आफनो प्रस्तुति प्रस्तुत गरिदै आएका थिए ।
रौतहट जिल्लाका शुःप्रसिद्ध टिकटक कलाकार राजकुमार साह र एमएल पटेलको मुख्य भुमिकामा देशका ख्यातिप्राप्त टिकटक कलाकारहरुले प्रत्येक सोमवारको दिन साँस्कृतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको थियो ।
महोतस्वमा आयोजकले गएको भदौ ४ गते गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रित गरेको थियो भने बिशिष्ट अतिथीको रुपमा भोजपुरी फिल्म कब होई मिलनवा हमारको निर्माता एव निर्देशक नन्दु श्रीवास्तवलाई आमन्त्रण गरेको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि जयसवाल र बिशिष्ट अतिथि श्रीवास्तवले बिभिन्न कलाकारहरुलाई गम्छा ओढाई प्रशंसा पत्रले संम्मान गरेको थियो ।
त्यस्तै बिभिन्न राजनितिक दलका नेताहरुलाई पनि प्रमुख अतिथी र बिशिष्ट अतिथिले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा युवा नेता राजकुमार दास,कौशल खान मिथिला सोभी सहनी, गरुडा नगरपालिका वडा नं. १ जयनगरका पुर्व वडा अध्यक्ष सरोज यादव लगाएत अन्य नेताहरु थियो । टिकटकका प्रसिद्ध कलाकार सोमिया पोखरेल, रचना सिवाकोटी, राजकुमार साह र अन्य कलाकारहरुले अ–आफ्नो प्रस्तुति प्रस्तुत गरेकोे थियोे ।
भदौ ११ गते भएको अन्तिम सोमबारी महोतस्वमा स्थानिय कलाकारहरुले झाकीं प्रर्दशन गरेको थियो भने बिरगंज,काठमाण्डौं,जनकपुर,सिरहा लगाएतका ठाउँबाट कलाकारहरु आफनो प्रस्तुति दिन शिवनगरधाम आएका थिए ।
कलाकारहरुले झाकी मार्फत शिव लिला,कमेडी चुटकुला,धार्मिक गितको साथै मधेशबाट लोप हुन लागेको धेरै पर्वहरुको बारेमा प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।
समापन कार्यक्रममा समाजसेवी चर्चित युवा प्रवेज आलमलाई सम्मानपत्र र मौलापुर एफएमका समाचार प्रमुख सागर संगम ठाकुर, संस्कार एफएम कलैया बाराका स्टेशन मैनेज राधेश्याम पाण्डेलाई गम्छा र मयाँको चिन्होले सम्मान गरेका थियो ।