July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी ः सतिश साह ।

रौतहट,भदौ ११ गतेर

रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार सतिश साहले आफनो जित कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
आफु सम्पूर्ण उद्योगी एवं व्यापारीको इच्छा र चाहना अनुसार नै उम्मेदवारी दिएकोले आफनो विजयी चाहेर पनि कसैले रोक्न नसक्ने साहले बताएका छन् ।
गरुडा स्थित आफनै निवासमा सोमवार पत्रकारहरुसंग कुरागर्दै अध्यक्षका उम्मेदवार सतिश साहले व्यापारीको राय, सुझाव र सल्लाहकै आधारमा आफु गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
आफु सहित आफना पुरै प्यानललाई नै विजयी गराउन व्यापारीहरु निकै आतुर रहेकोले आफनो जित सुनिश्चित रहेको उनले बताए ।
उद्योगी, व्यापारीको अपार साथ तथा सहयोग रहेकोले आफु बहुमत सहित निर्वाचित हुने उनले दावी गरे । गरुडा नगरका ७० प्रतिशत उद्योगी व्यापारी आफनो पक्षमा रहेको दावी गर्दै उनले निर्वाचनमा आफु सहित आफना पुरै प्यानल नै दुई तिहाई भन्दा बढी मतले निर्वाचित हुने साहको दावी छ ।
आफना पक्षमा व्यापक जनलहर रहेकोले जस्तो सुकै निती अपनाएर भएपनि निर्वाचन आफनो पोल्टामा पार्न सक्षम हुने उनले बताए ।
पत्रकारहरुसंगको कुराकानीमा उनले अघि भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै साहले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट नै गर्ने बताए ।
गरुडा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चएनका लागि यहि भदौ १८ गते निर्वाचन हुँदै छन् ।
संघका निवर्तमान अध्यक्ष हरेन्द्र चौधरीले आफना कार्यकालमा लाखौं लाख रकम आर्थिक अनियमितता गरेकोले उनको व्यवहारबाट आजित भएका व्यापारीहरु अध्यक्ष हरेन्द्र चौधरीले समर्थन गर्ने उम्मेदवारलाई कुनै हालतमा मत नदिने पक्षमा रहेकोले आफनो जित निकै सहज हुने उनको ठम्याई छ ।
एक पटक गरुडा नगर उद्योग वाणिज्य संघको नेतृत्व आफना बुवा योगेन्द्र साहले सम्हालिसकेको उदाहरण दिदै सतिश साहले आफना बुवाले उद्योगी व्यापारीहरुको पक्षमा गरेको राम्रा कामको आधारमा अध्यक्षमा एक पटक आफुलाई पनि साथ दिनेमा विश्वस्त रहेको उनले बताए ।
आफना पक्षमा व्यापक जनसमर्थन रहेकोले आफनो जित चाहेर पनि कसैले रोक्न नसक्ने उनले बताए ।