July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरुडा संघको शान्तिपूर्ण चुनावमा सहभागी हुन सम्पूर्ण व्यापारीहरुलाइ निर्वतमान अध्यक्ष चौधरीको अपिल

राम प्रबेश बैठा रौतहट,भदौ ०९ गते ।

रौतहटको गरुडा नगर उधोग वाणिज्य संघको भदौ १८ गते हुन लागेको चुनावमा शान्तिपूर्वक चुनावमा सहभागी हुन सम्पूर्ण व्यापारीहरुलाइ निर्वतमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले अपिल गरेका छन् । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो अनुरोध गर्नु भएको हो ।
आज मनोनयन दर्ता गराएकाहरु मध्ये उम्मेदवारले फिर्ता लिने समय रहेको थियो । मनोनयन फिर्ता पश्चात् अध्यक्ष पदमा दुइ जना संतोष कुमार चौधरी र सतिश साह बिच प्रतिस्पर्धा हुने जानकारी गराउनु भयो । संघको १४ पदाधिकारीका लागि ३३ जना प्रतिस्पर्धामा रहेको उनले बताए ।
गरुडा नगर उधोग वाणिज्य संघमा ९ सय ५२ जना मतदाता रहेको उनले बताएका छन् । संघको कार्य क्षेत्र अन्तर्गत गरुडा नगरपालिका,कटहरिया नगरपालिका,बृन्दावन नगरपालिका,गढिमाइ नगरपालिका,देवाहीगोनाही नगरपालिका र फतुवा बिजयपुर नगरपालिका पर्दछ । संघको निर्वाचनमा यस भेगका व्यापारीहरु सहभागि हुन पाउने छन् ।
उनले भने चुनावको लागि निर्वाचन समिति संयोजकमा उधोग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित प्रसाद जैसवाललाइ तोकिएको छ । निर्वाचन मण्डलमा निर्वाचन आयोगको प्रतिनिधि,एकजना अधिवक्ता शान्ति सुवेदी र प्रशासन कार्यालयको प्रतिनिधी रहेको जानकारी गराउनु भयो । चुनावको लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।
व्यापारीहरुको संस्था गरुडा नगर उधोग वाणिज्य संघ भएकोले सर्वसहमती बाट पदाधिकारीहरु चुनिनुपर्ने हो । तर यस्तो हुन सकेन यो दुःखद हो । निर्विरोध हुनुपर्ने मेरो धारणा रहेको थियो । म आफै प्रयास पनि गरे । सर्वदलिय बैठक पनि डाँकेको थिए । त्यसमा जग्गादाताको नाम अध्क्षमा सर्वसहमती बाट चयन गर्ने कुरो आयो । विभिन्न प्रयासका वाबजुद्ध सर्वसहमती हुन नसकेन् यसमा म खेद प्रकट गर्न चाहन्छु । अन्त्यमा संघको पदाधिकारी चयन गर्नका लागि चुनावी हुने भएपछि यसलाइ सफल पार्न सम्पूर्ण व्यापारी वर्गमा आग्रह गर्नु भयो ।