चन्द्रयान–३
ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न केही घण्टा मात्रै बाँकी छ, तर त्यसअघि इसरोका एक वरिष्ठ वैज्ञानिकले परिस्थिति अनुकूल भएपछि मात्र अवतरण गर्ने, अन्यथा अगस्ट २७ मा नयाँ प्रयास गरिने बताएका छन् ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै इसरोका वैज्ञानिक नीलेश एम देसाईले भने, ‘चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्नुभन्दा दुई घण्टाअघि हामी ल्यान्डर मोड्युलको स्वास्थ्य र चन्द्रमाको अवस्था हेरेर त्यसलाई ल्यान्डिङ गराउने कि नगराउने भनेर निर्णय गर्नेछौँ । हामीलाई कुनै परिस्थिति प्रतिकूल लागेमा २३ गते अवतरण गर्नुको सट्टा २७ अगस्तमा अवतरण गर्ने नयाँ प्रयास गर्नेछौँ ।’
तर, विक्रम कार्यक्रमअनुसार मिसनको ल्यान्डर मोड्युल चन्द्रमाको सतहसम्म पुग्ने वैज्ञानिकले विश्वास व्यक्त गरे । यद्यपि, यदि घटनास्थलमा परिस्थितिमा परिवर्तन भयो भने, स्पेस सेन्टरले अवतरण रोक्नेछ ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ