काठमाडौँ ।
पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । भदौ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुवेदी सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।
बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी, शङ्कर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे