May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एमाले फर्किने चर्चाका बीच रामकुमारी झाँक्रीले भेटिन् खिमलाल भट्टराई

 

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार झाँक्रीले नेकपा (एमाले) का नेता खिमलाल भट्टराईलाई भेटेका छन् । उनीहरूबीच बिहीबार भेटघाट भएको हो ।

भेटमा विद्यार्थी आन्दोलनलगायतका विषयमा छलफल भएको नेता भट्टराईले बताएका छन् । उनले ‘जो जहाँ भएपनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ’ भनेर भनेका छन् ।

रामकुमारी झाँक्री एमाले फर्किने चर्चा छ । माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गर्दा एमालेबाट बाहिरिएकी झाँक्रीलाई पुन: भित्र्याउने विषयमा एमाले नेताहरू सक्रिय छन् ।