रौतहट,३१ साउन। रौतहट जिल्लाको कटहरिया नगरपालिका -८ मा फेला परेको शवको पहिचान खुलेको छ ।
बुधबार विहान ७ बजे पोखरियाबाट बलुवा जाने बाटो छेउमा फेला परेको शव कटहरिया नगरपालिका –९ डुमरिया निवासी बुनिलाल माझीको छोरा २० वर्षीय तिमन भन्ने राम अनंदी माझी रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जानकारी दिएको छ ।
शवको मचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय