राम प्रवेश बैठा ३२ गते
आज रौतहटको मौलापुर नगरपालिकामा निर्मित शहिद स्मृति भवनको समुद्घाटन जनप्रिय नेता आजपा अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साह ज्यूद्वारा सम्पन्न भएकोछ । झण्डै २७ करोड़ ५६ लाखको लागतमा शहरी डिविज़न बिरगंजद्वारा निर्माण भएको उक्त आधुनिक भवन मौलापुरमा शैक्षिक अस्पताल संचालनको लागि उपयोग गरिनेछ । एक भब्य समारोहको बिच उद्धघाटित कार्यक्रममा अजपाको महासचिव उपेन्द्र साह, संघीय सांसद समिना हुसैन पूर्व विधायक कुन्दन कुशवाहा, पुर्व मेयर सियाराम कुशवाहा जिल्ला इन्चार्ज त्रिभुवन साह लगायत नेता एवं जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । सोही कार्यक्रमको उदघोसक मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह लगायतका सम्पूर्ण राजनीतिक दल कर्मचारी संचारकर्मीहरु को रोहबरमा नगर प्रमुख रिना कुमारी साह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो
सोही कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री प्रभु साह ले भन्नुभयो
हरेक वर्ष तराई मधेशमा बाढीको कारण जनधनको क्षति हुनेको, बालीनाली नोक्सान हुने गरेको तथा मच्छरको समस्या बढ्ने गरेको बताउँदै साहले सरकारको मधेश विरोधी व्यवहारका कारण मधेशमा डुबान लगायतका समस्या निरन्तर बढिरहेकोमा उनले चिन्ता व्यक्त गरे।
देशमा बढिरहेको आर्थिक समस्याप्रति सरकार नै दोषी रहेको आरोप लगाउँदै नेता साहले सरकारले बेरोजगारी बढाएर बेरोजगारीको व्यापार गरेको आरोप पनि लगाए। साहले राजनीतिक व्यवस्था र अस्थिरताको कारण नै देशको आर्थिक अवस्था चिन्ताग्रस्त बनेको बताए।
सरकारको गलत नीतिको कारण गाउँमा आर्थिक कारोबार बन्द भएको उल्लेख गर्दै नेता साहले सरकारले सर्वसाधारणलाई बैंकमार्फत ऋण नदिएको तथा गाउँको ऋण लेनदेन पनि प्रभावित भएको बताए।
देशको यस्तै अवस्था रहिरहे जनता चुप लागेर नबस्ने सम्भावना रहेको उल्लेख गर्र्दै नेता साहले समस्यामा परेकाहरु समाधानको लागि चुप लागेर नबस्ने बरु विद्रोह गर्ने चेतावनी पनि दिए।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड