July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मौलपुर बिधुत वितरण केन्द्रमा १६ केभीको ट्रस्फरम जडान कार्य सम्पन्न कार्यालय प्रमुख को सराहनीय काम

साउन २७ रौतहट___ रौतहट  जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल बिधुत प्रधिकरण मौलापुर वितरण केन्द्रमा अहिले १६ एमभिएको ट्रान्सफर्मर सफलतापूर्वक जडान भएको छ । पछिल्लो केही दिनदेखि मौलापुर वितरण केन्द्र आसपासका क्षेत्रमा अनियमति रुपमा बिद्युत कटौती हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । केहीदिनयता बढेको अत्याधिक गर्मी र अनियमित विद्युत कटौतिका कारण स्थानीय आर्जित बनेका थिए ।
तर अब सो समस्या समाधान हुने भएको छ ।

यस अघि वितरण केन्द्रमा रहेको ८ एमभिएको ट्रान्सफर्मर बदलेर १६ एमभिएको ट्रान्सफर्मर जडान भएको मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश राय यादवले जानकारी गराउनु भयो । उक्त ट्रन्सफर्मर जडान भएपछि फल्ट बाहेक बक्ती नजाने बताए । झयाप झयाप बक्ति जाने समस्या समाधान हुने उनले जानकारी समेत गराए । ८ एमभिएको ट्रन्सफर्मर हुँदा ओभरलोड भइ लाइ ट्रिप हुने समस्या थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।

वितरण केन्द्रमा बारम्बार उक्त समस्या उत्पन्न भएपछि नेपाल बिधुत प्राधिकरण केन्द्रिय कार्यालयले १६ एमभिएको नयाँ ट्रान्सफर्मर उपलब्ध गराएको प्रमुख यादवले बताएका छन् । अब उपरान्त वितरण केन्द्र अन्तर्गतका २५ हजार भन्दा बढी रहेका उपभोक्ताले राहत पाउने भएका छन् । मौलापुर वितरण केन्द्र अन्तर्गत हुकिङ्ग धेरै छ ।

विधुत चुहावट अत्यधिक मात्रामा छ । जबकी यस केन्द्र अन्तर्गतका पालिकाहरुले कृषि मिटर निःशुल्क गरेका छन् । भने बिधुत महसुलमा पनि सहुलियत दिदै आएको छ । तर पनि बिधुत चुहावट रुकन सकेको छैन् । साथै बिधुत महसुल पनि वसुली हुन सकेको छैन् । महसुल संकल्न नहुँदा शाखा चलाउन मुश्किल भइरहेको कार्यालय प्रमुख यादवले बताए