धनगढी, साउन २ गते।
कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको हो।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पश्चिम नहरमा नुहाइरहेको अवस्थामा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन जाँदा डुबेर योगेशको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार १० वर्षीय गणेशको ज्यान जोगिएको छ भने डुबिरहेकोलाई बचाउन गएका योगेशले भने आफूलाई जोगाउन असक्षम रहे। नहरमा उनी डुबेपछि सुरक्षाकर्मीसहित स्थानीय उद्धार कार्यमा खटेका थिए।
More Stories
प्रभु साहको प्रश्न, ‘प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक मन्त्री सबै एमालेकै हुँदा पनि हुलाकी राजमार्ग किन बनेन् ?’
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भए : प्रभु साह
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह