बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले पत्र कार्यान्वयन नगर्न मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
मन्त्रिपरिषद्स्तरीय बैठक गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. विष्णुदत्त पौडेललाई हटाएर नवौँ तहका डा. उज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने निर्णय गरेका थिए ।
अवधि बाँकी हुँदाहुँदै कानुनविपरीत आफूलाई हटाइएको, हटाउनुको कारण नदिइएको र मन्त्रिपरिषद्को निर्णयलाई स्वास्थ्यमन्त्रीको निर्णयबाट हटाइएको भन्दै कार्यकारी निर्देशक डा. पौडेल गत असार २२ गते सर्वोच्च अदालत पुगेका थिए ।
सोही निर्णयविरुद्ध डा. पौडेलको मागबमोजिम सर्वोच्व अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
डा. पौडेल २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी ४ वर्षका लागि नियुक्त भएका थिए । तर, कार्यकारी निर्देशक भएको २ वर्ष ७ महिनामै गत मंगलबार डा. पौडेललाई हटाएर डा. चालिसेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
निमित्त कार्यकारी निर्देशकको जिम्मा दिइएका चालिसेले असार १९ गते नियुक्तिपत्र बुझाई कामकाज सुरु गरिसकेका छन् ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै