June 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कर्कच कर्मैयामा एक जना पुरुष लाई धारिलो हतियार प्रहार गरि हत्या

रौतहट जिल्ला क्षेत्र नम्बर ३
अन्तर्गत देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच कर्मैयामा बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय #जगरनाथ_साह_कानुको राति धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ । सो बिसयमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरिक्षक #गोबिन्द_साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै #हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्यो , यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।