काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षहरुसँग छलफल गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष र महासचिव शंखर पोखरेलसँग छलफल गरेका हुन् ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक परिवेश, असार ३० गते बोलाइएको सचिवालय बैठकलगायतको विषयमा छलफल भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिइएको थियो । त्यसको पछिल्ला गतिविधिबारे उहाँले चासो राख्नुभएको थियो । हामीले अहिलेसम्म भएका उपलब्धिबारे जानकारी गरायौं ।’
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी