काठमाडौं, २२ असार ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको समापन भोलि(शनिबार) हुनेछ।
गत असार १४ गतेदेखि सुरू भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वडाहरूका विभिन्न फुटसल टिमको सहभागी रहेको राष्ट्रिय युवा संघ नेपालले आज(शुक्रबार) राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बताएको छ।
उपत्यकाका २१ वटै स्थानीय तहबाट एक टिम फाइनल राउण्डमा पुगेको र सो टिमहरूको भोलि फाइनल खेल हुने युवा संघले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख नगद त्यस्तै एक जना उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले १०/१० हजार नगद पाउने युवा संघले जनाएको छ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ