May 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कोशीमा सरकार गठन विवाद : सुनुवाइ सकियो, केही बेरमा आदेश आउँदै

 

काठमाडौँ- 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्चमा सपना मल्ल प्रधानको इजलासमा सुनुवाइ भएको हो । बुधबार अपराह्न सुनुवाइ सकिएकाले केही बेरमा नै यसबारे आदेश आउने सर्वोच्च अदालतले जनाएको छ ।

एमाले नेतृत्वको सरकार ढलेपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध एमालेले रिट दायर गरेको हो ।