काठमाडौं ।
बंगलादेशको एक शिविरमा भएको झडपमा ६ रोहिंग्या शरणार्थीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) अभियोजकले गवाही लिन बस्तीहरूको भ्रमण गरेको केही घण्टापछि झडप भएका बताइएको छ ।
बंगलादेशमा रोहिंग्या अल्पसंख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् । अहिले संयुक्त राष्ट्र संघको अदालतमा अनुसन्धानको अधीनमा छ ।
शिविरमा सक्रिय दुई प्रतिद्वन्द्वी समूह अराकान रोहिंग्या साल्भेसन आर्मी (एआरएसए) र रोहिंग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ) बीचको घातक झडपको शृंखलामा यस हप्ताको हिंसा सबैभन्दा नयाँ हो ।
शरणार्थी शिविरहरूमा सुरक्षाको रेखदेख गर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपी समाचार एजेन्सीलाई शुक्रबार बिहानैदेखि गोली हानेर पाँचजनाको मृत्यु भएको बताए ।
“गोलीबारीमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उनले भने, “परिणामस्वरूप शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
अहमदले एआरएसए सदस्यहरूको हातबाट शरणार्थी समुदायका नेता एबादुल्लाहको हत्या भएको केही घण्टापछि हिंसा भएको बताए ।अल्जजिरा
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै