July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

थ्रेड्स सुरु भएको ७ घण्टामै १ करोड प्रयोगकर्ता, यसरी प्रयोग गर्नुहोस्

 

२२  काठमाडौं ।

फेसबुकको मातृ कम्पनी मेटाले ट्वीटरलाई टक्कर दिने उद्धेश्यका साथ ल्याएको थ्रेड्स नामक सोसल मिडिया प्लाटफर्मले सुरुवातमै तहल्का मच्चाएको छ ।

बिहिबार लञ्च भएको थ्रेड्स एप सुरुको ७ घण्टाभित्रै १ करोड भन्दा धेरैले डाउनलोड गरेका छन् । मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्स एपमा पहिलो ७ घण्टाभित्रै १ करोड भन्दा धेरैले साइनअप गरेका बताएका हुन् ।

प्रयोगकर्ताको सुरुवाती रुझान हेर्दा इन्स्टाग्रामसँग आबद्ध गरिएको यो एपले माइक्रो ब्लगिंग साइट ट्वीटरलाई ठूलो चुनौति खडा गर्ने देखिएको छ । जबकि ट्वीटर पछिल्लो समय विभिन्न अलोकप्रिय निर्णय तथा अनेक खालका प्राविधिक कमजोरीका कारण अलोकप्रिइ बनिरहेको छ ।

टेक्स्ट शेयरिंग तथा सार्वजनिक छलफलको प्लाटफर्मको रुपमा मेटाले अघि सारेको थ्रेड्स एपमा टेक्स्टसँगै फोटो तथा भिडियो पनि शेयर गर्न सकिन्छ ।

थ्रेड्सलाई मेटा स्वामित्वकै इन्स्टाग्रामको टिमले विकास गरेको हो । यसमा ५ सय अक्षर, अंक तथा चिन्ह (क्यारेक्टर) सम्मको टेक्स्टसँगै भिडियो तथा फोटो पनि शेयर गर्न सकिन्छ । यसमा ५ मिनेटसम्मको भिडियो शेयर गर्न सकिने सुविधा दिइएको छ भने लिंक समेत शेयर गर्न सकिन्छ ।

एप स्टोरहरुमा उपलब्ध भएको पहिलो २ घण्टामै थ्रेड्सलाई २० लाखले साइनअप गरिसकेका थिए भने ४ घण्टाभित्र त्यो संख्या ५० लाख नाघेको थियो । जबकि ७ घण्टा पुग्दा उक्त संख्या दोब्बरले बढेर एक करोड पुगेको थियो ।

स्मरण रहोस् फेसबुकलाई प्रयोगकर्ताको संख्या १ करोड पुग्नका लागि ८५२ दिन लागेको थियो भने ट्वीटरलाई ७८० दिन लागेको थियो ।

मेटा कम्पनीले ट्वीटर जस्तै थ्रेड्स प्लाटफर्म ल्याउन लागेको चर्चा चलेसँगै ट्वीटरका सिइओ एलन मस्कले थ्रेड्स अरु केही नभएर ट्वीटरको डिजाइनको कपी पेस्ट मात्र रहेको टिप्पणी गरेका थिए । साथै उनले दुख लुकाएर झुटो खुसीमा रमाउने इन्स्टाग्राममा भुल्नुभन्दा आफु ट्वीटरमा अपरिचित बाटै भएपनि आक्रमणमा पर्न रुचाउने बताएका थिए ।

हाल थ्रेड्स एप विश्वका १ सय भन्दा धेरै देशमा उपलब्ध भैसकेको भएपनि युरोपेली युनियन सम्बद्ध देशहरुमा भने उपलब्ध छैन ।

कसरी गर्ने प्रयोग ?

मेटाले यो एपलाई गुगल प्ले स्टोर र एप्पलको एप स्टोर दुबैमा उपलब्ध गराएको छ । दुबै प्लाटफर्मबाट यो एप निशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो इन्स्टाग्राम अकाउन्टको सहायताले थ्रेड्समा साइनअप गर्न सकिन्छ ।

त्यसैले यसका लागि नयाँ अकाउन्ट बनाउनु पर्दैन । यदि तपाइँको फोनमा पहिलेदेखि नै इन्स्टाग्राम छ भने तपाइँले त्यसमा थ्रेड्स इन्स्टल गरेर साइनअप गर्न सक्नुहुन्छ ।

 

यसमा लगइन गरेसँगै तपाइँले ती सबै मानिसहरुको सूचि देख्नुहुनेछ जसले तपाइँलाई इन्स्टाग्राममा फलो गर्दछन् । तपाइँले त्यसमध्ये जो कोहीलाई प्नि फलो गर्न सक्नुहुन्छ । तपाईले आफ्नो थ्रेड्सको प्रोफाइललाई पब्लिक गर्न पनि सक्नुहुन्छ र प्राइभेट गराउन पनि सक्नुहुनछ ।

थ्रेड्समा पोस्ट गर्नपनि निकै सजिलो छ । यसमा एउटा नोटप्याडको साइन देखिन्छ । त्यसमा गएर आफ्नो टेक्स्ट मेसेज वा विचार लेखेर पोस्ट गर्न सकिन्छ । यसमा ५ सय अक्षरसम्म मात्रै लेख्न सकिन्छ ।