पाल्पा
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपलिका ८, गौडेपुल नजिकै खसेको पहिरो पन्छाएर राजमार्ग एकतर्फी रुपमा खुलेको छ । पहिरो सफा गर्दागर्दै सडक डिभिजन कार्यालयको डोजरको टायर पन्चर भएपछि सडक खुलाउन ढिलाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।
सडक एकतर्फी खुलाएर साना सवारी साधन, मोटरसाइकल र अत्यावश्यक सवारी साधन गन्तव्यमा पठाइएको छ ।
डोजरले काम गर्न केही समय ढिलाइ हुने र सडकको तल्लो भाग भासिएकाले ठूला सवारी साधन सञ्चालनमा अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । लामो समय सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवल हिँडेका सयौं सवारी साधन अलपत्र परेका थिए ।
बुटवलदेखि नारायणगढ हुँदै काठमाडौं जाने सवारी साधनसमेत सिद्धार्थ राजमार्ग भएर आएकाले सयौंको संख्यामा सवारी साधन अलपत्र परेका थिए । काठमाडौंबाट पश्चिम हिँडेका सवारी साधनसमेत यही सडक भएर हिँडेका छन् ।
यसअघि अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले अवरुद्ध भएको सिद्धार्थ राजमार्गको सेरा र धैरेनीतर्फबाट आएका सवारी साधनसमेत पहिरोमा फसेका छन् । राजमार्गमा पहिरोका कारण बिहानैदेखि यात्रु र सवारी साधन सडकमै थिए ।
राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका १, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खसेर पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त स्थानमा भने लेदो पन्छाएर एकतर्फी सडक खुलाइए पनि अर्को पहिरोका कारण रोकिनु परेको थियो ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै