July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कार्यालयमा बसेर कामकाज गर्नसक्ने अवस्था नरहेको भन्दै ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरु सर्वोच्चमा

 

काठमाडौं, १९ असार ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्माचारीहरु सुरक्षाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूहरु कानुन व्यवसायीबाट असुरक्षित भएको भन्दै काम कारबाही छोडेर उनीहरु सर्वोच्चमा पुगेका हुन् । अहिले ललितपुर जिल्ला अदालतका न्यायाधीश, कर्मचारी र प्रधानन्यायाधीशबीच छलफल भइरहेको छ । उनीहरुले कामकारबाही छोडेर सर्वोच्च पुगेसँगै आजको मुद्दाको पेशी प्रभावित भएको छ ।

गत असार १३ गते ललितपुर जिल्ला अदातमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमीर लामिछानेबीचको विवादलाई लिएर कर्मचारी र कानुन व्यवसायी दुवैले आ–आफ्नोतर्फबाट विरोध गरिरहेका छन् । कर्मचारीहरुले आफूहरुको जिउधनको सुरक्षा नभएसम्म काममा नफर्कने अडान लिएका छन् ।