काठमाडौँ —
विगतका तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार थामिएको छ । यस दिन परिसूचक नेप्से १२.७३ अंक बढेर २०८८ अंकमा कायम भएको छ । कारोबार रकम भने जम्मा २ अर्ब ५७ करोडमा खुम्चिएको छ ।
यसअघि हिजो ४ अर्ब ५ करोडको कारोबार भएको थियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ९ को स्थिर रहृयो । सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३१, फाइनान्स ३५, होटल १३३, जलविद्युत् ३, जीवन बीमा ३०, उत्पादन ४०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १५ अंक बढे ।
सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त र सिंगटी हाइड्रोको ६ प्रतिशत हाराहारीमा मूल्य बढ्यो । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटल क्रमशः अगाडि रहे ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ