सुर्खेत ।
कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो शैली पनि अब छापामार जस्तै हुने गरेको बताएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा बोल्दै उनले छापामारहरुको संगतले आफू पनि छापामार शैलीतर्फ अग्रसर भएको बताएका हुन् ।
‘मेरो संगत पनि छापामारहरुसँगै भएकाले मेरो शैली पनि छापामार हुने भएको छ,’ उनले भने,‘ छापामार शैलीमै मैले २/४ ठाउँमा स–साना योजनाहरु कार्यान्वयन हुँदैनन् भनेको छु ।’
उनले सघीय सरकारबाट पनि जिल्लाहरुमा ४/५ लाखका योजना आएको बताए । अब त्यस्तो खालको गतिविधि रोक्नुपर्ने उनले तर्क राखे ।
साथै उनले ७ बुँदे सहमति अनुसार १५ लाख भन्दा तलका योजना कार्यान्वयन नगर्ने बताए ।
मन्त्रीहरुले सदनमा बोलेको कुरा हल्काफुल्का तरिकाले लिने गरिएको भन्दै उनले भने,‘ सदनमा बोलेका कुरा गाउँतिर गएर देउडा गीत गाएर ठट्टा गरे जस्तो होइन, बोलेका कुराहरु बेलायतको जस्तो अलिखित संविधान जस्तै हो ।’
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।