तुलसीपुर ।
दाङमा एक घरधनीले दलित भन्दै कोठाबाट निकालेपछि ती घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका–१७ का घरधनी ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पोखरेलको घरमा बस्दै आएका अछामको पञ्चलदेवल विनायक नगरपालिका–७, पुल्तोलाका महेन्द्र विक र हुम्लाको अदानचुली गाउँपालिका–३ का अंगराज नेपालीलाई घर निकाला गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरधनीले त्यस्तो व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ ।
घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघ–संस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, दोषीमाथि कारबाहीको माग गरेका छन् । रासस
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे