July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्क्वास संघमा नयाँ नेतृत्व

 

काठमाडौँ —

नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको अध्यक्षमा ध्रुवबहादुर गुरुङ निर्वाचित भएका छन् । संघको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले चार वर्षे कार्यकालका लागि गुरुङले प्रत्याशी मनोजबहादुर श्रेष्ठलाई हराएका थिए ।

अन्य सबै पद निर्विरोध रहे । उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलीप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चुनिए । महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए । शैलेश अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए । सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार छन् ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाडका लागि राम्रो तयारी गर्न प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न परिषद् तयार रहेको बताए ।

होङझाउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्तकेशर सिंह, अमृत थाफामगर, अमिर ब्लोन, वृष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पछिल्ला दुई कार्यकालको नेतृत्व गरेका किशोर महर्जनले स्क्वासलाई व्यावसायिक बनाउने प्रयास गरेको बताए । नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगति र एसियाडमा स्क्वासको सफलताको कामना गरे ।

टेनिसको विधान पारित

नेपाल टेनिस संघको शनिबार सम्पन्न विशेष साधारणसभाले संघको विधान सर्वसम्मत पारित गरेको छ । संघका कार्यालय सचिव प्रवीण देवकोटाले साधारणसभाबाट पारित विधानलाई स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद्मा पठाउने निर्णय गरेको छ ।