काठमाडौं ।
नेदरल्याण्डका राजाले विगतमा भएको दासप्रथा र त्यसको कारोबारको लागि माफी मागेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लुका अनुसार शनिवार डज उपनिवेश क्षेत्रमा दास प्रथा अन्त्य भएको १५० वर्षगाँठको अवसरमा राजा विलियम एलेक्जेन्डरले माफी मागेका हुन् ।
दास प्रथा अन्त्यको वर्षगाँठको एक सम्बोधनमा राजाले माफी मागेका हुन् । माफीको भाषामा राजाले भनेका छन्, ‘आज म तपाइँको अगाडि एक राजा र सरकारको पक्षको रुपमा उभिएको छु । आज म आफैँ माफी मागिरहेको छु ।’
राजाले माफी मागेसँगै डचका पुर्व उपनिवेश क्षेत्र पुर्खा भएका सुरिनाम, आरुबा, बोनाएर, कुराकाओ लागायतका क्षेत्रकाहरुले खुशीयाली प्रदर्शनी गरेका छन् ।
उनीहरुले आम्टर्डम क्षेत्रमा खुशीयाली मनाइरहेको डिडब्लुले उल्लेख गरेको छ । सत्रौँ शताब्लीमा भएको दास प्रथा र कारोबारको ७ प्रतिसत हिस्सा डचको भएको बताइएको छ । सो अवधिमा करिब ६ लाख दासहरुलाई विश्वका विभिन्न भागमा सारेर बेचिइएको बताइन्छ । डचले सन १८६३ जुलाई १ मा औपचारिक रुपमा दास प्रथा र कारोबारको अन्त्य गरेको थियो ।
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।