July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

संसदीय मामिला समाजको अध्यक्षमा सत्याल निर्वाचित

काठमाडौं, असार १६ गते ।

 संघीय संसदमा रिपोर्टिङ गर्ने पत्रकारको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज भएको समाजको आठौं अधिवेशनबाट सत्याल निर्वाचित हुनुभएको हो ।

सेतोपाटी डट कममा कार्यरत सत्यालले ६३ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी विष्णु खड्काले ४४ मत र तुलसी सापकोटाले २७ मत ल्याउनुभयो ।

त्यसैगरी समाजको उपाध्यक्षमा सिर्जना घिमिरे (ग्यालेक्सी टिभी), किरण दाहाल (खुला) मा निर्वाचित हुनुभयो । त्यस्तै, महासचिवमा जयसिंह महरा (कान्तिपुर), सचिव खुलामा गुन्जनराज गिरी निर्वाचित हुनुभयो । त्यस्तै, सचिव समावेशीमा सविता शर्मा (गोरखापत्र), कोषाध्यक्षमा अमुल थापा निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार समाजको समावेशी सदस्यमा अन्जना लामिछाने र मिरा बस्नेत निर्वाचित हुनुभएको छ । अन्य सदस्यहरुमा रघुनाथ बजगाई, कमलराज भट्ट, रोमन आचार्य, विनोद कटुवाल, शिला तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।