काठमाडौं
डिजिटल वालेट आइएमई पेले पानी र बिजुलीमा क्याशब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्नेछ ।
यसअन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । एक हप्तामा ग्राहकले सो क्याशब्याक पटकपटक प्रयोग गर्न पाउनेछन् ।
साथै आइएमई पे मार्फत ग्राहकले बिजुलीको बिल भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा समेत छुट पाउने भएका छन् । सो क्याशब्याक एवम् छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरु विद्युतीय माध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्धेश्यका साथ प्रदान गरिएको कम्पनीले जनाएको छ ।
आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियान सञ्चालन गरिरहेकाे छ ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै