काठमाडौँ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई ठगी मुद्दामा पक्राउ गरेकाे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनी शुक्रबार नयाँबानेश्वरबाट पक्राउ परेका हुन् ।
रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा रौनियारविरुद्ध ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । रौनियार काठमाडौँमा बस्ने भएकाले पक्राउ गरिदिन बाँकेका एसपी सन्तोष सिंह राठौरले अनुरोध गरेकाे प्रवक्ता कडायतले बताए ।
उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पूरा नगरेको भन्दै विवादमा तानिएका थिए ।
उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ